मिति २०८३/०६/०१ को बागमती प्रदेश म.पको निर्णयानुसार कार्यालयको कार्यविवरण

क. सवारी कर, नामसारी सम्बन्धी कार्य,
ख. सवारी जाँचपास (प्राविधिक निरीक्षण/परीक्षण) सम्बन्धी कार्य,
ग. मार्ग इजाजत (रुट परमिट) सम्बन्धी कार्य,
घ. सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि जारी सम्बन्धी कार्य,
ङ. सवारी दर्ता प्रमाणपत्र नवीकरण सम्बन्धी कार्य,
च. सवारीको दर्ता खारेजी/लगतकट्टा सम्बन्धी कार्य,
छ. यातायात व्यवस्थापन तथा अनुगमनसम्बन्धी कार्य,
ज. प्रचलित कानुनबमोजिम सवारी प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कशप नियमनसम्बन्धी कार्य,
झ. कार्यालयसम्बन्धी सूचना प्रविधिसम्बन्धी कार्य,
ञ. सबै वर्गका सवारीचालक अनुमतिपत्रको लागि दरखास्त सङ्कलन, स्वीकृति, Biometric Details Capture र दरखास्तवालाको नामावलीको प्रकाशन सम्बन्धी कार्य,
ट. लिखित परीक्षाको लागि प्रश्नपत्रको निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, उत्तरपुस्तिका रुजु गर्ने, नतिजा प्रकाशन सम्बन्धी कार्य,
ठ. नयाँ सवारीचालक अनुमतिपत्र र वर्ग थपको लागि प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा सञ्चालन र अन्तिम नतिजा प्रकाशन सम्बन्धी कार्य,
ड. सवारीचालक अनुमतिपत्र जारी, वितरण, नवीकरण, प्रतिलिपि, नेपालीकरण तथा खारेजी सम्बन्धी कार्य,
ढ. सवारी चालक अनुमतिपत्रको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य,
ण. सवारीचालक अनुमतिपत्र Verification सम्बन्धी कार्य,
त. मन्त्रालयले तोकेका अन्य कार्यहरू।